Logo

जन्मकैदको सजाय पाएका सांसद शर्मालाई निलम्बन नगर्न मधेशका सभामुखलाई लोसपाको पत्र



काठमाडौं,२४ वैशाख । सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय पाएका लोसपाका सांसद अभिराम शर्मा हाल निलम्बनमा छन् ।

लोसपा मधेश प्रदेश संसदीय दलका नेतासमेत रहेका शर्मा गत साता निलम्बनमा परेका थिए । तर, सोमबार लोसपाका संसदीय दलका उपनेता उपेन्द्र महतोले सभामुख रामचन्द्र मण्डलसमक्ष पत्र पठाउँदै शर्माको निलम्बन फुकुवा गर्न माग गरेका छन् ।

लोससा मधेशका उपनेता महतोले भनेका छन्, ‘मधेश प्रदेशसभा सचिवालयबाट प्रकाशित मिति २०८१।०१।१८ को फैसलामा यहाँले प्रदेश सभा सदस्य अभिराम शर्मालाई मधेश प्रदेशसभा सदस्य सञ्चालन नियमावली, २०७५ को नियम २१० ९४० अनुसार निलम्बन गर्नुभएको कुरा उल्लेख छ । कुनै पनि मुद्दाको अन्तिम फैसला नहुन्जेल सम्बन्धित व्यक्तिलाई निलम्बन गर्ने जस्तो कारबाही गर्न अनुमति नदिएको व्यहोरा अवगत गराउन चाहन्छौं ।’

महतोले भ्रष्टाचारको आरोप लागेर सा.सद पद निलम्बन भएका कांग्रेस सांसद टेकबहादुर गुरुङलाई सर्वोच्च अदालतले निलम्बन फुकुवा गरेको नजिरसमेत सभामुखलाई स्मरण गराएका छन् । मधेश आन्दालेनको क्रममा उम्बुलेन्सबाट झिकेर विकको हत्या गरेको आरोप शर्मामाथि लागेको छ । शर्मा पूर्व मन्त्रीसमेत हुन् ।

शर्मा लोसपा मधेश संसदीय दलका नेता हुन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत महोत्तरीले उनलाई जन्मकैदको सजाय सुनाएको थियो । ०८० मंसिर २८ मा अदालतले जन्मकैदको सजाय सुनाएको करिब ५ महिनापछि २१ वैशाखमा प्रदेशसभाले उनलाई निलम्बन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot