Logo

‘सरकार रहुँन्जेल ओलीले ठूला कुरा गर्छन्, ढलेपछि कुतर्क सुरु हुन्छ’



काठमाडौं, २५ वैशाख । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार रहु्न्जेल अरुलाई तल पार्ने, ठूला कुरा गर्नेजस्ता व्यवहार जारी राख्ने टिप्पणी गरेका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारका भएका बेला ठूला कुरा गर्ने ओलीले सरकार ढलेपछि कुतर्क गर्न थाल्ने बताए ।

‘यो सरकार जतिन्जेल चल्छ, चलुन्जेल उनले (ओलीले) यस्तै ठूलो–ठूलो कुरा गर्छन् । अरुलाई तल पार्ने कुरामात्रै गर्छन् । कुन दिन ढल्छ, ढलेपछि फेरि अर्का तर्क, कुतर्कहरु सुरुवात हुन थाल्छ,’– उनले भने ।

साथै, उनले पार्टी फुटाएर सरकार टिक्ट भन्ने सपना नदेख्न उनले ओलीलाई चेतावनी दिए । पहिलो कुरा एकीकृत समाजवादी नफुट्ने र दोस्रो कुरा पाटीै फुटेर वर्तमान सत्ता समीकरण बलियो नहुने उनको दाबी छ । उनले सत्ता समीकरणका घटकहरुले आफूहरुसँग गर्ने व्यवहारले वर्तमान सरकारको आयु निर्धारण गर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot