Logo

संसद्को गतिरोध हट्नेमा सभामुख घिमिरे आशावादी



काठमाडौं,२५ वैशाख । सभामुख देवराज घिमिरेले संसद्मा देखिएको गतिरोध हट्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

मंगलबार बसेको ५ दलका शीर्ष नेताहरुको बैठकपछि बाहिरिनेक्रममा घिमिरेले वैशाख २८ गते बस्ने संसद्को बैठकमा सबै गतिरोध अन्त्य हुने विश्वास व्यक्त गरे ।

उनले यही वैशाख २८ गतेदेखि संसद्को काम–कारबाही निरन्तर अघि बढ्ने विश्वास व्यक्त गरे । सदनलाई समस्या समाधानको थलो बनाउने कि अवरोधको भन्ने दलहरूमा निर्भर रहने भनाइ उनको छ ।

“सदनलाई समस्या समाधानको थलो बनाउने कि अवरोधको थलो उहाँहरूले समाधानको थलो बनाउनुहुन्छ भन्ने लाग्छ । दलहरू गम्भीर हुनुहुनेछ,” घिमिरेले भने, “सदन प्रभावकारी बनाउन उहाँहरू लाग्नुहुनेछ । यो अवरोध हटाउन सबैको भूमिका हुनेछ ।”

यसैबीच २८ गते बस्ने संसद्को पहिलो बैठकमा सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । आज बसेको बैठकमा संसद्को पहिलो बैठकमा सबै दलले सम्बोधन गर्ने सहमति जुटेको हो । यद्यपि सहकारी ठगी प्रकरणको छानबिन गर्न माग गर्दै आएको नेपाली कांग्रेसले भने समिति नबनुञ्जेलसम्म सदनको काम कारबाही अघि बढ्न नसक्ने बताउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot