काठमाडौं २५ वैशाख । बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
खानेपानी आयोजना उद्घाटनका लागि सिन्धुली हुँदै रामेछाप जाने क्रममा उनको स्वास्थ्यमा समस्या देखापरेपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
बागमती प्रदेश सभा सदस्य युवराज चौलागाईँले जानकारी दिएअनुसार उनको स्वास्थ्य गम्भीर देखिएपछि उपचारका लागि काठमाडौं पठाइएको हो । नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको र अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
उनलाई निरन्तर भोमिट भएको र न्यून रक्तचाप (प्रेसर लो) को समस्या देखिएको बताइएको छ । साथै, मुख्यमन्त्री जम्मकट्टेलमा अक्सिन लेवल पनि कम देखिएको बताइएको छ ।