काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सुर्यमान गुरुङको निधन भएको छ ।
काठमाडौंको हिमाल अस्पतालमा मंगलबार ८४ वर्षको उमेरमा उनकाे उपचारका क्रममा निधन भएकाे हाे ।
उनी बाथ र सुगरका बिरामी थिए । विसं २०७० सालमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेका गुरुङ विसं २०७३ मा श्रम तथा रोजगारमन्त्री बनेका थिए । गुरुङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।