Logo

आमाको मुख हेर्ने दिनको अवसर पारेर गीतकार उमेश लम्सालको गीत ‘आमा’ सार्वजनिक



काठमाडौं, २४ वैशाख । गीतकार उमेश लम्सालको नयाँ नेपाली आधुनिक गीत ‘आमा’ सार्वजनिक भएको छ । आमाको मुख हेर्ने दिनको अवसर उनले उक्त गीत सार्वजनिक गरेका हुन् ।

गीतकार लम्सालको उक्त गीतमा राज सिग्देलले स्वार दिएका छन् भने बीबी अनुरागीको संगित रहेको छ । गीतमा एउटी आमाले आफ्ना सन्तानलाई हुर्काउँदा गर्ने संघर्षलाई समेटिएको छ । साथै, आमाको महिमालाई पनि गीतकार लम्सालले उतार्ने कोशिस गरेका छन् ।

लम्साल पेशाले नेपाल प्रहरीमा कार्यरत छन् । उनको गीत संगीतप्रति गहिरो प्रेम भाव छ । आमाको मुख हेर्ने दिनको अवसरमा महान आमाहरुको सम्मान स्वरुप आफूले गीत ल्याएको उनले प्रतिक्रिया दिएका छन् । गीतकार लम्सालको यु्ट्युब च्यानल ‘Umesh Lamsal’ बाट गीत सार्वजनिक गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot