Logo

माओवादीसँगको छलफलपछि प्रदेश प्रमुखको कार्यालयमा पुगे हिक्मत कार्की



काठमाडौं,२६ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत नलिएपछि नयाँ सरकार गठनको लागि आह्वान गर्नमाग गर्दै एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्की प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

बुधबार विराटनगरमा एमाले र माओवादी केन्द्रका नेताहरूको छलफलपछि एमाले संसदीय दलका नेता हिक्मत कार्की प्रदेश प्रमुख परशुराम खापुङ्गलाई भेट्न प्रदेश प्रमुखको कार्यालय गएका हुन्।

दुई दलका नेताबीच आज भएको छलफलमा नयाँ सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखलाई दवाव दिने निर्णय भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot