काठमाडौं,२६ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबाहादुर देउवाले निर्वाचन आयोगले सर्वोच्च अदालतले केही दिनदेखि गरिरहेको गतिविधिप्रति आफू जानकार रहेको बताएका छन् ।
बुधबार गण्डकी प्रदेशका सांसदहरुसँग आफ्नै निजी निवास बुढानीलकण्ठमा कुराकारी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले कम्युनिस्टहरु सत्ता कब्जाको शैलीमा लागेको भन्दै सचेत रहन आग्रह गरेका छन् । देउवाले गण्डकीमा देखिएको समस्या र सत्तारुढ दल एकाएक विभाजन हुनु राम्रो नभएको बताएका छन् ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिँदा सभामुखले ३० मतलाई बकहुमत घोषणा गरेपछि कांग्रेस सर्वोच्च अदालत पुगेको छ । कांग्रेसका प्रदेश सांसदहरु सोही विषयमा कुरा गर्न देउवा निवास पुगेका हुन् ।
‘पछिल्ला केही गतिविधिले कम्युनिष्टहरू कब्जाको शैलीमा अघि बढेको संशय पैदा भएको देखिएको छ,’ सभापति देउवाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने ।
देउवाले सहकारी प्रकरणमा आफ्नो अडान यथावत रहेको जानकारी गराएका छ्न । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांगेसल निरन्तर आवाज उठाउँदै आएको छ । कांग्रेसले रास्वपाका सभापतिसमेत रहेका लामिछानेमाथि छानबिन गर्नुपर्ने माग निरन्तर उठाउँदै आएको छ ।
गण्डकीका सांसदहरुसँगको छलफलमा पनि देउवाले आफूहरुले आगामी वैशाख २८ गतेबाट सुरु हुने संसद्को अधिवेशमा पनि कुरा उठाउने बताएका छन् । ‘संसद प्रतिपक्षको हो, हामीले छोडिन्न । मैले हिजो पनि ओलीलाई भनेँ सहकारीमा ज्यान गए छोडिन्न । कहाँ छोड्छु म !’ देउवोल सांसदहरुसँग भने ।