Logo

कोशीका कामचलाउ मुख्यमन्त्रीले गरे बजेट अधिवेशन आह्वानको सिफारिस



काठमाडौं । प्रदेश सभाबाट विश्वासको मत लिने समय घर्किएपछि स्वतः कामचलाउनको हैसियतमा पुगेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संसद् अधिवेशन आह्वानको सिफारिस गरेका छन् ।

मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ११ देखि बस्ने गरी बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशनको आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

गत चैत २६ मा बसेको बसेको मन्त्रिपरिषद बैठकले पनि प्रदेश प्रमुखलाई बजेट अधिवेशन आह्वानको सिफारिस गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot