Logo

सञ्चारकर्मीहरुको प्रश्न छल्दै माधव नेपालले भने, ‘सरकार छ, अगाडि बढ्छ’



काठमाडौं, २६ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले वर्तमान सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने बताएका छन् । आज (बुधबार) कालिका खबरको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार नै अगाडि बढ्ने बताएका हुन् । ‘तपाईँले सोध्नुहोला– सरकार के हुन्छ ? सरकार छ, यअगाडि बढ्छ,’– अध्यक्ष नेपालले भने ।

साथै, वर्तमान सरकार नयाँ बजेट ल्याउने तयारीमा रहेको बताउँदै उनले सबै कुरामा ध्यान दिइनुपर्ने बताए । बजेट निर्माणका शिलशिलामा प्रधानमन्त्रीसँग भेट हुन गइरहेको बताउँदै उनले कृषि, पर्यटन, जलस्रोत, उद्योगलगायतको विकासका निम्ति ध्यान दिनुपर्ने कुराबारे आफूले सु्झाव दिने बताए ।

‘अहिले सरकार छ । यो सरकारले अब नयाँ बजेट ल्याउने तयारी गरिरहेको छ । बजेट ल्याउने शिलशिलामा सबै कुरामा सरकारको ध्यान जानुपर्दछ । बजटको शिलशिलामा प्रधानमन्त्रीज्यूसँग भेटघाट पनि हुन गइरहेको छ । त्यहाँ पनि मैले विभिन्न कुराहरु राख्न गइरहेको छु,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot