Logo

कांग्रेसले केपी ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुपर्छः सुनिल शर्मा



काठमाडौं, २७ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले कांग्रेसले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुपर्ने बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले स्थिर सरकार गठनका लागि कांग्रेसले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन पर्ने बताएका हुन् । उनले ४० प्रतिशत समय ओलीलाई प्रधानमन्त्री बनाएर बाँकी समय कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताए ।

साथै, कोशी प्रदेशको सरकार गठनका क्रममा कांग्रेसले एमालेलाई धोखा दिएको स्मरण गराउँदै उनले आगामी दिनमा यसरी धोखा दिन नहुने बताए । राजनीतिक नेतृत्वले सहमती कार्यान्वयनमा इमानदारिता देखाउन पर्ने उनले बताए ।

‘अहिले शेरबहादुर दाईले केपी शर्मा ओलीलाई प्रस्ताव गर्नुपर्छ । प्रचण्डसँग मिल्नु नै धोखाधडी भइसक्यो । अब शेरबहादुर दाईले खुल्ला प्रस्ताव गर्नुपर्छ । इमानदारितापूर्वक, प्रदेश १ को सरकार बनाएर धोका दिएको जस्तो होईन फरि । नेकपा (एमाले) लाई त धोका दियो नि कांग्रेसले । दिएको होईन ? हाम्रो गुटले भन्नुस् न अझ । हामीले धोकै दिएको हो त ? त्यसरी धोका दिन भएन ।’ उनले भने, ‘राजनीतिक लिडरहरुले बोलेको कुरा पुर्याउन पर्यो । हिजो शेखर दाई र ओलीजीको बीचमा भएको सहमतीलाई जसरी चिर्कटोको भरमा सिध्याइए, अब त्यो नसिध्याउने इमानदारितापूर्वक शेरबहादुर देउवाले एमालेलाई प्रस्ताव राख्ने । ४० प्रतिशत समय केपी ओलीलाई प्रधानमन्त्री स्वीकारेर हामी जाने, ६० प्रतिशत समय कांग्रेसको नेतृत्वमा सरकार बनाउने र मुलुकलाई समृद्ध नेपालको पक्षमा अगाडि लाने ।’



प्रतिक्रिया दिनुहोस्