Logo

यी हुन् कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने ५२ सांसद (सूचीसहित)



काठमाडौं,२७ वैशाख । कोशी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि दाबी पेस गरेका छन् ।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गरिएको हो ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गरेका हुन् ।

उनी यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका छन् । २४ पुस २०७९ पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले केन्द्रमा सत्ता समीकरण फेरिएपछि १४ असार २०८० मा राजीनामा दिए । पछि ०८० भदौं २१ गतेदेखि असोज २० गतेसम्म दोस्रो पटक उनी मुख्यमन्त्री बनेका थिए ।

दाबी पेस गरेसँगै सांसदहरुको सनाखत गर्ने, मुख्यमन्त्री नियुक्त गर्ने, शपथ गराउनेदेखि नयाँ मुख्यमन्त्रीको पदबहालीसम्मको काम आजै टुंग्याउने तयारी छ।

यसैबीच कार्कीलाई मुख्यमन्त्रीमा जसपाले पनि समर्थन गरेको छ । कोशीमा जसपाको एक सांसद छन् । जसपाले समर्थन गरेसँगै कार्कीलाई समर्थन गर्ने सांसदको संख्या ५३ पुगेको छ । तर प्रक्रिया अघि बढाउनेबोला जसपा नआईपुग्दा खापुङलाई बुझाएको हस्ताक्षरमा भने ५२ जनाको मात्र हस्ताक्षर छ ।

यी हुन् कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन जनाउने ५२ सांसद



प्रतिक्रिया दिनुहोस्