Logo

बालमन्दिरको जग्गा प्रकरण: तत्कालीन पदाधिकारीसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं,२७ वैशाख । बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा तत्कालीन पदाधिकारीसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी जारी हुनेहरुको नाम गोप्य राखिएको छ । ०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधीग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात् बालमन्दिरका नाममा करिब १२० रोपनी जग्गा राखेको थियो । सोही जग्गा दुरुपयोग गरिएको खुलेको छ ।

यसबारे सिआइबीले केही समयअघि देखि नै अनुसन्धान थालेको थियो।

बालमन्दिरको जग्गा दुरूपयोग भएको भन्दै उजुरी परेको थियो। केही जग्गा बृहस्पति विद्या सदनलाई सस्तोमा लिजमा दिइएको पनि उजुरी छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot