Logo

कांग्रेस नेता गुरुङको अन्त्येष्टि



काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व मन्त्री सूर्यमान गुरुङको अन्त्येष्टि गरिएको छ ।

उनको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको शवलाई पशुपति आर्यघाटमा पुगेर सभामुख देवराज घिमिरेले श्रद्धाञ्जलि अर्पण गरेका थिए । श्रद्धाञ्जली अर्पण गर्दै घिमिरे दिवंगत आत्माको चीर शान्तिको कामनाको साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

नेता गुरुङको यही वैशाख २५ गते काठमाडौँ ज्ञानेश्वरस्थित हिमाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । विसं २०१४ को भद्र अवज्ञा आन्दोलनमा सहभागी भई कांग्रेसको राजनीतिक यात्रा प्रारम्भ गरेका गुरुङलाई २०१७ सालमा प्रजातन्त्र अपदस्थ पछि तत्कालीन व्यवस्थाले पक्राउ वारेन्ट जारी गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot