Logo

पार्टी फुटेको ‘रनाह’ मा रहेका उपेन्द्र मन्त्रिपरिषद् बैठकमा अनुपस्थित



काठमाडौं, २७ वैशाख । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएका छन् । आज (बिहीबार) बसेको बैठकमा उनी सहभागी नभएका हुन् । भर्खरै अमेरिका भ्रमण सकेर फर्किएका उनी त्यसपछिको पहिलो मन्त्रिपरिषद् बैठकमै अनुपस्थित भएका हुन् । जसपा नेपाल स्रोतका अनुसार उनले आजको मन्त्रिपरिषद् बैठक बहिस्कार गरेको बुझिएको छ ।

उपेन्द्रले जसपा नेपाल विभाजनमा प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको हात रहेको आरोप लगाउँदै आएका छन् । उनी आजको मन्त्रिपरिषद् बैठक छाडेर पार्टी कार्यालयमा नेता कार्यकर्तासँग विशेष छलफलमा रहेको बताइएको छ । साथै, मधेश प्रदेश सरकारमा आउन लागेको उलटफेरलाई लिएर पनि प्रचण्ड–ओलीसँग उपेन्द्र रुष्ट बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot