Logo

पूर्वन्यायाधीश सिजापतिको निधनप्रति सर्वोच्चद्वारा दुःख व्यक्त



काठमाडौँ,२७ वैशाख । सर्वोच्च अदालतको पूर्ण बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरिजङ्ग सिजापतिको निधनप्रति दुःख व्यक्त गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित सम्पूर्ण न्यायाधीशहरूको आज बसेको बैठकले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो ।

पूर्वन्यायाधीश सिजापतिको ८३ वर्षको उमेरमा बुधबार निधनको भएको थियोे । न्यायाधीश सिजापतिले २०६१ वैशाख ३ देखि २०६२ माघ ३० गतेसम्म सर्वोच्च अदालतको न्यायाधीशका रूपमा सेवा गरेका थिए । 



प्रतिक्रिया दिनुहोस्

Screenshot