Logo

परिणाम देखिने गरी काम गर्न कर्मचारीलाई महिलामन्त्रीको निर्देशन



काठमाडौँ, २७ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीले परिणाम देखिने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छन् ।

आज मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई महिनामा नतिजा ल्याउने गरी काम गर्न निर्देशन दिएकी हुन् । “अर्थपूर्ण रूपमा काम गर्न काम गर्नुपर्छ ”, मन्त्री चौधरीले भनिन्, “जनगुनासो चासोअनुसार मन्त्रालयको लक्षित क्षेत्रअनुसार काम गर्नुस् । परिणाम देखाउने गरी काम गर्नुप¥यो । भए गरेका काम कारबाहीका विषयमा समीक्षा पनि गर्नुस् ।”

उनले पछिल्ला दुई महिनामा भए गरेका महत्वपूर्ण कामको समीक्षा गरी प्रतिवेदन तयार गर्न कर्मचारीलाई निर्देशन दिईन् । सरकारले अन्तर्राष्ट्रिय सन्धि सम्झौता गरिसकेपछि त्यसको पालना गर्नुपर्ने जनाउँदै मन्त्री चौधरीले त्यसप्रति राज्य जिम्मेवार रहनुपर्ने बताईन् । सो अवसरमा मन्त्रालयका सचिव दिनेश भट्टराईले पूर्ण रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहयोगी उपलब्ध गराउने विषय महत्वपूर्ण भएको जनाउँदै मन्त्रालयले बजेट वृद्धि गर्ने सन्दर्भमा पहल गरिरहेको बताईन् । 



प्रतिक्रिया दिनुहोस्

Screenshot