Logo

सरकारलाई व्यवसायी पाण्डेको सुझावः बजेटपूर्वको छलफलभन्दा दीर्घकालिन अर्थनीतिबारे छलफल गरौं



काठमाडौं, २७ वैशाख । युवा व्यवसायी तथा उद्यमी प्रवलजङ्ग पाण्डेले बजेटपूर्वको छलफललाई ‘अस्थिर अर्थनीतिको संकेत’ का रुपमा लिएका छन् । उनले व्यवसायीसँग बजेटपूर्वको छलफलभन्दा पनि दीर्घकालीन अर्थनीतिको बारेमा छलफल हुनु आवश्यक रहेको बताएका छन् ।

‘बजेटपूर्वको छलफल भनेकै अस्थिर अर्थनीतिको सकेत मात्र हो । कहिले सोही बस्तु र सेवामा कर बढायो, कहिले घटायो । व्यवसायीसगँ बजेटपूर्वको छलफलभन्दा दीर्घकालिन अर्थनीतिको बारेमा छलफल गरौं,’– उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

सरकारले अहिले विभिन्न व्यवासायीहरुसँग आगमी आर्थिक वर्ष २०८१/०८२ बजेट कस्तो हुनुे भन्ने विषयमा बजेटपूर्वको छलफल गरिरहेको छ । व्यवसायी पाण्डेले सरकारको उक्त कदमप्रति असन्तुष्टि जनाएका हुन् ।

पाण्डे सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेडका अध्यक्ष, लोमस फर्मासिटिकल्स प्रालिका डाइरेक्टर र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का केन्द्रीय सदस्यसमेत हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot