Logo

९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ



काठमाडौं,२८ वैशाख । काठमाडौँको दरबारमार्गबाट प्रहरीले हुन्डीको ९८ लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना पुरुष छन् ।

काठमाडौं उपत्यका अपराधअनुसन्धान कार्यालयको टोलीले दरबारमार्गबाट ९८ लाख नगदसहित २ जनालाई पक्राउ गरेको हो ।

उनीहरु दुवै जना सुन तस्करीमा संलग्न व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो ।



प्रतिक्रिया दिनुहोस्