Logo

अन्तत: झुक्यो कांग्रेस, रविलाई संसद्मा बोल्न दिने निर्णय



वैशाख,२८ काठमाडौं । नेपाली कांग्रेसले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले आज बस्ने संसद्को बैठकमा लामिछानेलाई बोल्न दिने निर्णय गरेको हो ।

यसअघि सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेको नाम मुछिएपछि उनलाई संसदमा बोल्न दिन कांग्रेसले  मानेको थिएन । तर, अब दलको नेताको रूपमा उनलाई सदनमा बोल्न दिने कांग्रेसले निर्णय गरेको हो । 



प्रतिक्रिया दिनुहोस्

Screenshot