Logo

हिक्मत कार्कीविरुद्ध केदार कार्कीले दायर गरेको रिट न्यायाधीश हरि फुयालको इजलासमा



काठमाडौं,२८ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्री केदामर कार्कीले सर्वोच्चमा दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ । कार्कीले कार्कीविरुद्ध दायर गरेको रिट सुनुवाईका लागि सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा पेशी तोकिएको छ ।

बुधबार साँझ प्रदेश प्रमुख परशुराम खापुङले केदार कार्कीले राजीनामा नदिए पनि विश्वासको मत नलिएका कारण नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। प्रदेश प्रमुखको उक्त आह्वान गर्ने निर्णय, पत्राचार एवं सूचना उत्प्रेषणको आदेशले बदर गरिदिन रिटमा माग गरिएको छ।

संविधानको धारा १६८ ९५० अन्तर्गत बनेको सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने व्यवस्था संविधानले पनि परिकल्पना नगरेको रिटमा दाबी गरिएको छ। संकल्प प्रस्तावको आधारमा विश्वासको मत नलिएको भन्ने आधार देखाई नयाँ मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेस गर्न २०८१ वैशाख २६ गते प्रदेश प्रमुखले गरेको निर्णय बदर गर्न माग गरिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot