Logo

काभ्रेमा जलेको अवस्थामा शव फेला



काठमाडौं, २८ वैशाख । काभ्रेपलाञ्चोकको पाँचखालमा जलेको अवस्थामा शव फेला परेको छ । पाँचखाल नगरपालिका–४ स्थिति बिराजे खोल्चा जंगलमा रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला परेको हो ।

घटना २०/२५ दिनअघि घटेको हुनसक्ने अनुमान गरिएको छ । शव पहिचान भने भइसकेको छैन । रुखमा तामाको तारले बाँधेर आगो लागइएको हुनसक्ने प्रहरीले प्रारम्भिक निश्कर्ष निकालेको छ ।

जलेको अवस्थामा फेला परेको उक्त शव अन्दाजी २४/२५ वर्षको पुरुषको हुनसक्ने अनुमान गरिएको छ । File Photo/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot