Logo

एमाले संसदीय दलको बैठक सुरू, पहिलोपटक सुहाङ सहभागी (तस्बिरहरु)



काठमाडौं,२८ वैशाख । संसद् बैठक बस्नुअघि सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक सुरु भएको छ । संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो ।

संसद्को बर्खे अधिवेशनमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको हो ।

बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी दिनमा एमाले सांसदहरूले संसद‍्मा खेल्नुपर्ने भूमिकाबारे जानकारी गराउने कार्यक्रम रहेको छ ।

आजको बैठकमा पहिलो पटक इलाम २ को उपनिर्वाचनमा विजयी सुहाङ नेम्वाङपनि उपस्थित छन् ।

तस्बिर: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot