Logo

कांग्रेस संसदीय दलको बैठकमा बाँडियो गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न रहेको अनुसन्धान प्रतिवेदन



काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेस संसदीय दलको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको अनुसन्धान प्रतिवेदन बाँडिएको छ । आज (शुक्रबार) बसेको संसदीय दलको बैठकमा रुपन्देही जिल्ला अदालतमा सरकारी वकिलले दायर गरेको अभियोग पत्रको केही पृष्ठहरु बाँडिएको हो ।

उक्त प्रतिवेदन अध्ययन गरेर संसद्मा आफ्नो भूमिकाबारे मनस्थिति निर्माण गर्न बैठकमा ब्रिफिङ भएको छ । साथै, कांग्रेसले लामिछानेलाई रास्वपाको सभापतिको हैसियतमा मात्रै संसद्मा बोल्न दिने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्