Logo

गण्डकी सरकारविरुद्धको रिटमा सुनुवाई जारी, इन्टरभेन्सन बहसका लागि खगराज पक्षपनि सर्वोच्चमा



काठमाडौं,२८ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाबाट लिएको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाई जारी छ ।

सर्वोच्चका न्यायाधीश अब्दुल अजिम मुसलमानको एकल इजलासमा सो रिट सुनुवाई भईरहेको हो । अधिकारीले लिएको विश्वासको मतविरु४ पूर्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सर्वोच्च पुगेका हुन् । उनले अधिकारीले लिएको विश्वासको मत बदर गर्न माग गरेका छन् ।

यता पाण्डेले दायर गरेको रिटमा सुनुवाई सुरु भएसँगै अधिकारी पक्षपनि सर्वोच्च पुगेको छ । इन्टरभेन्सन (प्रतिरक्षा) बहसका लागि अधिकारी पक्ष सर्वोच्च पुगेको हो । दुवै पक्षलाई बहसका लागि ४५-४५ मिनेटको समय दिईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot