Logo

माधव नेपाललाई ओलीको जवाफः ‘हामीलाई कोही प्रधानमन्त्री हुँदा मन भतभत पोल्दैन’



काठमाडौं, २८ वैशाख । नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री बन्दा आफूलाई कुनै आपत्ति नरहेको बताएका छन् । आज (शुक्रबार) पार्टी संसदीय दलको बैठकमा उनले एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रधानमन्त्री बन्दा आफ्नो मन भतभती नपोल्ने बताएका हुन् ।

केही दिनअघि एक कार्यक्रममा अध्यक्ष नेपालले ‘म प्रधानमन्त्री बन्नेभएँ भनेर कसै–कसैको मन भतभती पोलेको छ’ भनी ओलीलक्षित अभिव्यक्ति दिएका थिए ।

माधव नेपालको उक्त अभिव्यक्तिमा जवाफ फर्काउँदै ओलीले भने, ‘त्यो पार्टीका नेताहरुले म प्रधानमन्त्री हुनैआँटे भनेर कसैको मन भतभत पोल्याछ भनेछन् । कहाँ प्रधानमन्त्री हुन आँटे ? कताबाट हुन आँटे ? हामीलाई भनेको हो हामीलाई कोही प्रधानमन्त्री हुँदापनि मन भतभत पोल्दैन । हामी खुसी त एमालेको सरकार बन्यो भने, एमालेको बहुमत आयो भने हुन्छौं होला । बाँकी सधैं मन भतभत पोलिराख्ने ? हामीलाई मन भतभत पोल्दैन । हामी रियालिटीलाई सहज ढंगले स्वीकारर्छौं ।’

साथै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिने क्रममा भएको छलफलमा एकीकृत समाजवादीका नेताको अभिव्यक्ति आफूले सम्झिरहेको पनि उनले बताए । उनले उक्त अभिव्यक्तिलाई ‘अस्वस्थ, आक्रोशित र कुण्ठाग्रस्त’ को रुपमा चित्रण गरे । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot