Logo

राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति कैलालीका जलाधार व्यवस्थापन अधिकृत पालविरुद्ध भ्रष्टाचारको मुद्दा



काठमाडौं । राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय, नेपालञ्जबाट खटिई गएको टोलीले पाललाई सेवाग्राहीबाट एक लाख बीस हजार रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा ०८१-०१-०५ गते नियन्त्रणमा लिइएको थियो।

उनलाई नियन्त्रणमा लिएर छानबिन गर्दा दोषी देखिएकाले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । अख्तियारले पालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुरजन्‍य कार्य भएको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुरमा बिगो एक लाख बीस हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को घ बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा १ अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot