Logo

सभामुखको छलफलमा जुटेन सहमति, संसद् बैठक अनिश्चित



काठमाडौं । दिउँसो २ बजेका लागि डाकिएको प्रतिनिधि सभाको बैठक अनिश्चित बनेको छ ।

बैठक सूचारु गर्न सभामुख देवराज घिमिरेले दलका सचेतकसँग २ चरणमा छलफल गरेका थिए । तर, ति छलफलमा सहमति नभएपछि बैठक पछि धकेलिएको हो ।

सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग छ । तर, सरकार समितिको पक्षमा नहुँदा कुरा मिल्न सकेको छैन ।

छलफलमा कांग्रेस नेताहरुले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने, आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरुलाई बोल्ने कार्यक्रम र नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने बताएका थिए ।

त्यसमा सहमति नजुटेपछि नेताहरु आ-आफ्ना दलका शीर्ष नेताहरुसँग छलफल गर्न गएका छन् । उनीहरु फर्किएपछि मात्र कार्यव्यवस्थाको बैठक औपचारिक रुपमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot