Logo

कांग्रेसले बेल घेराउ गरेपछि संसद् बैठक स्थगित



काठमाडौं,२८ वैशाख । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरेको छ ।

कांग्रेसकको अवरोधपछि सभामुखले महामन्त्री गगन थापालाई बोल्न समय दिएका थिए । थापाले संसदीय छानबिन समिति नबनेसम्म बैठक चल्न नसक्ने अडान दोहोर्याएका छन् ।

थापाले बोलेपछि राष्ट्रपति कार्यालयबाट आएको पत्र बाचन गर्न खोजेका थिए । तर, कांग्रेसले पत्र बाचन गर्न नदिएर संसद्को बेल घेराउ गरेपछि बैठक स्थगित भएको हो ।

कांग्रेसले निरन्तर सदन अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot