Logo

संसद्मा जुहारीः सभामुख ‘समय सकियो, मैले दुई मिनेट थपिदिएँ’, गगन, ‘निगाहको समय चाहिँदैन’



काठमाडौं, २७ वैशाख । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै उनीमाथि संसदीय समिति बनाएर छानविन गर्नुपर्ने माग राख्दै आएको नेपाली कांग्रेसले आज पनि सदन अवरोध गरेको छ । सदन अवरोध पछि सभामुख देवराज घिमिरेले कांग्रेस महामन्त्री गगनकुमार थापालाई तीन मिनेटको समय प्रदान गरे ।

सभामुख घिमिरेले दिएको समयमा थापाले सदनलाई सम्बोधन गरिरहेका थिए । तीन मिनेट बितेपछि सभामुख घिमिरेले समय सकिएको जानकारी गराउँदै पुनः दुई मिनेट थपिदिएको बताए । ‘यहाँको समय सकियो मैले दुई मिनेट समय थप गरेँ,’– सभामुख घिमिरेले भने ।

सभामुख घिमिरेको बोलिनसक्दै महामन्त्री थापाले आफूलाई निगाहको समय नचाहिएको भन्दै प्रतिवाद गरे । संसद्मा बोल्न पाउनु आफ्नो हकको विषय रहेको बताउँदै उनले भने, ‘समय मलाई नदिए पनि केही छैन अब । किनकी मलाई निगाहको समय चाहिँदैन । मेरो हकको समय चाहिन्छ । मेरो पनि यहाँ उभिएर बोल्ने हक छ । म निगाहको समय मागेरमात्रै उभिएको होईन ।’

कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति नबनेसम्म संसद्का कुनै पनि काम कारबाही अगाडि बढाउन नदिने निर्णय सुनाइ सकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot