Logo

‘मलाई पनि आरोप लगाउनु भएको छ, समिति बनाएर छानविन गरिदिए, आहा !’



काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा छानविन समिति नबनेसम्म सदनको काम कारबाही अगाडि बढाउन नदिने बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सदन चल्नुपर्छ, विधेयक पारित होस् भन्ने सोच राखे पनि सरकारले प्रतिपक्षको माग सम्बोधन नगरेको र पेलेर जान खोजेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा यथेष्ट प्रमाण रहेको भएपनि छानविन समिति बनाउन अस्वीकार गरिएको बताउँदै उनले आफूमाथि लगाइएको आरोप समिति बनाएर छानविन गरिदिन माग गरे । ‘मलाई कसैले आरोप लगाइदेदेखि त, लगाउनु पनि भएको छ । समिति बनाएर छानविन गर्दै आहा! कति आनन्द हुन्थ्यो । सबैले थाहा पाउँथे,’– उनले भने ।

महामन्त्री थापालाई बाख्रा पालनका लागि अनुदान लिएर दुरुपयोग गरेको आरोप छ । उनले आफूमाथि लागेको आरोप छानविन गर्न निरन्तर भन्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot