Logo

संसदीय समिति सामान्य कुरा भइहाल्यो, प्रमाणित गरे राजनीति छाड्दिन्छु: रवि लामिछाने



काठमाडौं, २८ वैशाख । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेको सहकारी ठगी प्रकरणमा छानविन समिति बनाए कुनै आपत्ति नरहेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

साथै, कांग्रेस महामन्त्री गगनकुमार थापाले संसद्मा सहकारीबाट ऋण लिन निवेदन दिएको प्रमाण छ भनेको विषयमा उनलेृ उक्त प्रमाण देखाउन चुनौती दिए । प्रमाण देखाएको खण्डमा राजनीति छाड्ने पनि उनले उद्घोष गरे ।

साथै, आफूलाई संसद्मा बोल्न दिईनुपर्ने उनले बताए । दुई महिनादेखि निरन्तर आफूमाथि उठेको प्रश्नको जवाफ दिन नपाएकोमा उनले दुःखेसो पोखे ।

‘मैले सदनमा एक पटक बोल्न पाऊँ । एक पटक बोलौं र आफ्नो कुरा राख्न पाऊँ । त्यो बोल्न पाउँदाखेरी मैले के भन्थेँ होला ? यो कुरालाई कसरी रेस्पोन्स गर्थेँ होला ?’ प्रश्न गर्दै उनले भने, ‘आफूमाथि दुई महिनासम्म निरन्तर प्रश्न उठिरहँदा, आरोपहरु लागिरहँदा, मिडियाबाजी चलिरहँदा एक पटक सदनमा उभिएर जवाफ दिने अवसर पनि पाउँदैन ? लोकतन्त्रको अभ्यास यही हो ?’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot