Logo

साईमेक्स् इन्कद्वारा UEFA EURO CUP 2024 को लागि ‘नेपाली अब युरो कपमा’ योजनाको विजेता घोषणा कार्यक्रम सम्पन्न



काठमाडौं, २८ वैशाख । साईमेक्स् इन्क प्रा. लि. को नेपालका लागि आधिकारिक वितरक बिवाइडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले आयोजना गरेको ‘नेपाली अब युरो कपमा’ अन्तर्गत लक्की ड्र मार्फत विजेता घोषणा कार्यक्रम सम्पन्न भएको छ। विजेताहरुले जर्मनीमा हुने UEFA EURO CUP 2024 खेल मैदानमा उपस्थित भई प्रत्यक्ष खेल हेर्ने मौका पाउनेछन् ।

यस आयोजना अत्यन्तै रोचक रहेको र विजेताहरुलाई अविस्मरणीय अवसर प्रदान गरेको कम्पनीले जनाएको छ । उक्त अवसरमा साईमेक्स् इन्कले फेब्रुअरी २६, २०२४ देखि मे ५ सम्म बिवाइडी गाडी बुकिङ गर्ने ग्राहकहरुबाट ११ जना भाग्यशाली ग्राहकहरु लक्की ड्रबाट चयन गरि विजेता घोषित गरेको हो । बिवाइडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र साईमेक्स् इन्कका अध्यक्ष अनिल श्रेष्ठले संयुक्त रुपमा लक्की ड्र कार्यक्रम गरेका थिए ।

दुई चरण गरी लक्की ड्रबाट निकालिएका बिजेताहरुको नामावली अनुसार पहिलो चरणका बिजेताहरुको नाम यस प्रकार रहेको छः

बिवाइडी कस्टमर कार्निभलः जयराम न्यौपाने
कोड नम्बरः ४०७ शास्वत गौतम
कोड नम्बरः ०७४ श्याम सुन्दर श्रेष्ठ र सुदर्शन श्रेष्ठ
कोड नम्बरः ०८८ बिजेन्द्र शाक्य
कोड नम्बरः ३७३ कबिनराज श्रेष्ठ
कोड नम्बरः ०२६ दिनेश प्याठा

दोस्रो चरणका बिजेताहरुको नाम

कोड नम्बरः ६६२ गणेश कँडेल

कोड नम्बरः ६५३ डा.ममता क्षेत्री÷डा जगदीश तिमिल्सिना

कोड नम्बरः ६८२ प्रदीप पौडेल

कोड नम्बरः १६२ सगरमाथा टेलिभिजन÷बिमल गुरुङ

कोड नम्बरः ६९१ जयप्रकाश दास
कोड नम्बरः २०० सजिना पाण्डेय

कम्पनीका अध्यक्ष समीर श्रेष्ठले नेपाली अब युरो कपमा’ योजनाको ११ भाग्यशाली विजेताहरुलाई बधाई दिन पाउँदा हामी अत्यन्तै खुसी रहेको बताए । यस किसिमका योजनाहरुले ग्राहकवर्गलाई सन्तुष्टि प्रदान गर्ने र खेलकुदप्रतिको समर्थन र प्रतिबद्धतालाई जोड दिने उनले विश्वास व्यक्त गरे ।

साथै, योजनालाई सफल बनाउने बिवाइडी र सम्पूर्ण UEFA EURO CUP 2024 टिमलाई धन्यवाद व्यक्त गर्दै आफू योजनाबाट अत्यन्तै उत्साहित भएको समेत बताए । यो योजना साईमेक्स् इन्कको लागि अत्यन्तै महत्त्वपूर्ण रहेको बताइएको छ।

नेपाली अब युरो कपमा योजनाका विजेताहरुलाई साईमेक्स् ले व्यक्तिगत रुपमा सम्पर्क गर्ने बताइएको छ । कम्पनीले सम्पूर्ण योजानामा सहभागी सबैलाई उत्साहजनक सहभागिताको लागि आभार प्रकट गरेको गद भविष्यमा थप रोमाञ्चक योजनाहरु लिएर आउने प्रतिबद्धता व्यक्त गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot