काठमाडौं, २९ वैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी रहेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक जारी रहेको छ । बैठकमा आगामी संसद् बैठकमा कांग्रेसको कदम कस्तो हुने भन्नेबारे छलफल भइरहेको बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेका र उक्त प्रकरण छानविनका लागि संसदीय समिति बनाउन पर्ने भन्दै कांग्रेले निरन्तर संसद अवरोध गर्दै आएको छ । सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समितिको मागबाट पछि नहट्ने अडानमा कांग्रेस रहेको छ । File Photo/RN