Logo

सरकार संसद् चल्न नदिने र संसदीय समिति पनि नबनाउनेतर्फ उद्धत भएको कांग्रेसको निश्कर्ष



काठमाडौं, २९ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संसद्मा रवैया प्रदर्शन गरेको बताएका छन् । आज (शनिबार) कांग्रेस पदाधिकारी बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आफूहरुले संसदको गतिरोध अन्त्य गर्ने कुरामा लचकता राख्दाराख्दै पनि सरकारले रवैया प्रदर्शन गरेको र सभामुख पनि संवेदनशील नभएको बताएका हुन् ।

सरकार संसदीय समिति पनि नबनाउने र संसद पनि चल्न नदिनेतर्फ उद्धत भएको कांग्रेस पदाधिकारी बैठकले निश्कर्ष निकालेको छ । आफूहरु चाहिनेभन्दा बढी लचकदार भइरहेको उनले बताए । ‘संसद् पनि चल्न नदिने, छानविन समिति पनि बनाउन नदिनेतर्फ सरकार उद्धत भएको भन्ने हाम्रो आजको छलफलको निश्कर्ष रह्यो,’– महामन्त्री थापाले भने ।

आगामी दिनमा संसद्का कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्न आगामी सोमबार १ बजे संसदीय दलको बैठक आह्वान गरिएको पनि उनले बताए । आफूहरुको माग र पोजिसन तलमाथि नहुने पनि उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्