काठमाडौं, २९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जेल हाल्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सुझाव दिएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईलाई त्यसबेलाको सरकारले भगाएको हो भने प्रचण्डलाई जेल हाल्नुपर्ने बताएका हुन् ।
गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जिवी राईलाई त्यसबेलाको सरकारले भगाएको अभिव्यक्ति दिएका थिए । यतिखेरको सरकारले अपराधी भगाएको हो भने प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्ने ज्ञानेन्द्रको भनाइ छ ।
‘जिबी राईलाई त्यतिखेरको सरकारले भगायो भन्नुभएको रहेछ । त्यतिखेरको प्रधानमन्त्री अहिले तपाईकै प्रधानमन्त्री हुनुहुन्छ, पुष्पकमल दाहाल ‘प्रचण्ड’ । अब प्रचण्डसँग राप्रपाले जवाफ माग्छ ।’ उनले भने, ‘गृहमन्त्रीले नै आरोप लगाएपछि प्रचण्ड जेल जानुपर्यो । किन जेल जानुपर्यो भने उहाँले जिबी राईलाई भगाएको भनेर आरोप लगाइसक्नु भएको छ ।’