Logo

माओवादीलाई ठेगान लगाउने ज्ञानेन्द्रको रणनीति, सहकार्यका लागि गृहमन्त्री लामिछानेलाई प्रस्ताव



काठमाडौं, २९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले संसद्मा एक ठाउँमा उभिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रस्ताव गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपा र रास्वपा मिलेर ३२ सिटको माओवादीलाई पाखा लगाउन सकिने बताएका हुन् ।

‘१४ हामी छौं, २१ तपाईँहरु हुनुहुन्छ । ३५ एक ठाउँमा उभिऔं त । ७८ सिटको एमालेको हालत के हुन्छ ? ८९ सिटको कांग्रेसको हालत के हुन्छ ? कित उहाँहरु (एमाले-कांग्रेस) मिल्न पर्यो । होईन भने सरकार नै बन्दैन । अनि ३५ सिटले जे चाह्यो त्यही हुन्छ । ३२ सिटको माओवादी चाँही प्रधानमन्त्री हुनसक्ने । अनि ३५ सिट हामी एक ठाउँमा भयौं भने हामी सक्दैनौं ?’ उनले भने ।

राप्रपा र रास्वपा मिलेर नयाँ समीकरणका लागि दवाब दिन सकिने अवस्था रहेको भएपनि रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने प्रचण्डको पिरतीमा परेको टिप्पणी गरे । अहिले जता प्रचण्ड उतै रवि लामिछाने भइरहेको टिप्पणी गरे । ‘उहाँको के माया पिरती छ कुन्नी प्रचण्डजीलाई छोड्नै सक्नुहुन्न्छ । जता प्रचण्ड त्यतै लामिछाने,’– उनले भने ।

साथै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जेल हाल्न सुझाव दिएका छन् । सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईलाई त्यसबेलाको सरकारले भगाएको हो भने प्रचण्डलाई जेल हाल्नुपर्ने उनको भनाइ छ । गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जिवी राईलाई त्यसबेलाको सरकारले भगाएको अभिव्यक्ति दिएका थिए । यतिखेरको सरकारले अपराधी भगाएको हो भने प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्ने ज्ञानेन्द्रले बताए ।

‘जिबी राईलाई त्यतिखेरको सरकारले भगायो भन्नुभएको रहेछ । त्यतिखेरको प्रधानमन्त्री अहिले तपाईकै प्रधानमन्त्री हुनुहुन्छ, पुष्पकमल दाहाल ‘प्रचण्ड’ । अब प्रचण्डसँग राप्रपाले जवाफ माग्छ ।’ उनले भने, ‘गृहमन्त्रीले नै आरोप लगाएपछि प्रचण्ड जेल जानुपर्यो । किन जेल जानुपर्यो भने उहाँले जिबी राईलाई भगाएको भनेर आरोप लगाइसक्नु भएको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot