Logo

सुदन किरातीमाथि लाश जलाउने मेशिन खरिदमा भ्रष्टाचार गरेको आरोप (भिडिओसहित)



काठमाडौं, २९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लाश जलाउने मेशिन खरिदमा भ्रष्टाचार गरेको आरोप लगाएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले चार वटा मेशिन खरिदमा ठूलो मात्रामा भ्रष्टाचार भएको बताएका हुन् ।

‘पशुपति क्षेत्र विकास कोषले लाश जलाउने चार वटा मेशिन किन्छ । झण्डै एक बराबर एक करोडभन्दा बढी घोटला गरेको छ । २०८० साल असोज २३ गतेको दिनमा पशुपति विकास कोषमा चार थान फर्नेस किन्ने भन्यो । एक मेशिन बराबर झण्डै एक करोड घोटला गरेर चार वटा मेशिन किन्ने, यसको मुख्य नाइके सुदन किराती हुनुहुन्छ,’– उनले भने ।

सो समयमा १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ३१ पैसामा चार थान फर्नेश खरिद हुने निर्णय भएको उनले बताए । सोही मेशिन एक करोड ५२ हजारमा खरिद खरिदन गर्ने सकिने र अरु ठाउँमा पनि खरिद भइरहेको उनको दाबी छ । किरातीसहितको टिमले एक मेशिन बराबर एक करोडभन्दा बढी घोटला गरेको उनको आरोप छ । उक्त प्रकरण छानविन गरेर जेल हाल्न भन्दै उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot