Logo

काभ्रेका आगलागी पीडितलाई तरुण अध्यक्षद्वारा राहत हस्तान्तरण



काठमाडौं, २९ वैशाख । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले काभ्रेको रोशि गाउपालिका– ४ का आगलागी पीडित घर परिवारलाई राहत हस्तान्तरण गरेका छन् । आज (शनिबार) अध्यक्ष गुरुङले पीडित घर परिवारहरुलाई २० थान ब्ल्याङ्केट हस्तान्तरण गरेका हुन् ।

केही समय अघि काभ्रेको रोशि–४ मा आगलागी भएर अठार १८ घरमा पूर्ण रुपमा क्षेती भएको थियो । आज एक कार्यक्रमबिच तरुण दल काभ्रेका अध्यक्ष सुजन लामामार्फत पिडित हरुलाइ केही राहतको महसुस निम्ति अध्यक्ष गुरुङले उक्त ब्ल्याङ्केट हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा काभ्रेबाट प्रतिनिधित्व गर्ने नेपाल तरुण दल केन्द्रीय सदस्यहरु स्मिता मोक्तान तामाङ , कुलध्वज तामाङ, दिल लामा केन्द्रीय सदस्यहरु अशोक झा ,सिधुपाल्चोक सुनकोशी गाउपालिकाको पार्टी सभापती रुपकाजी लामालगायतको उपस्थिती थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot