काठमाडौं,३० वैशाख । सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई छलफलका लागि बोलाएका छन् ।
दिउँसो २ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल राखिएको छ । छलफलमा कानुनमन्त्री पदम गिरीसहित प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुलाई बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।
छलफल सरकारको नीति तथा कार्यक्रम प्रस्तुति, सदनको अवरोध हटाउने लगायतको विषयमा केन्द्रित हुने बताइएको छ ।