Logo

संसद्मा सीके राउतको पार्टीभन्दा सानो भयो उपेन्द्रको दल, छैटौंबाट एकैपटक आठौंमा झर्‍यो



काठमाडौं,३० वैशाख । प्रतिनिधि सभामा १२ सीटसहित छैठौं दल बनेको जनता समाजवादी पार्टी नेपाल एक सातामा तीन टुक्रा भएपछि संसद्मा दलीय हैसियतमा बदलाव आएको छ । यद्यपी जसपा नेपालबाट अलग भएर पहिचानवादी मोर्चा गठन गरेका डा महेन्द्र लावतीको समूहमा भने कुनैपनि सांसद छैनन् ।

प्रतिनिधि सभामा १२ सांसद रहेको जसपा नेपाल फुटाएर ७ जनाको समर्थनमा नयाँ पार्टी गठन गरेका अशोक राई को पार्टी जसपा अब संसद्मा छैटौं दलको रुपमा रहने भएको छ भने ५ सीट बाँकी रहेको यादवको पार्टी एकैपटक आठौं स्थानमा झर्ने भएको छ । उपेन्द्रको पार्टी भन्दा माथि अब डा सीके राउतको नेतृत्वमा रहेको जनमत पार्टी हुनेछ । प्रतिनिधि सभामा जनमतका ६ सांसद छन् ।

गत प्रतिनिधि सभा निर्वाचनमा एउटै क्षेत्रबाट भिडेका उपेन्द्र र सीके मधेशको राजनीतिक आफ्नो पकडमा राख्न चाहान्छन् । २ दशकसम्म मधेशको राजनीतिलाई आफ्नो पकडमा राखेका उपेन्द्रले केही गर्न नसकेको भन्दै सीके राउतले विकल्प खोज्ने बताईसकेका छन् । सप्तरीमा सीकेसँग भारी मतले पराजित भएका उपेन्द्र उपनिर्वाचनमार्फत बाराबाट निर्वाचित भएका थिए । यी दुई नेताबीच मधेशको राजनीति आफ्नो पकडमा राख्न होडबाजी नै चलेको छ ।



प्रतिक्रिया दिनुहोस्