काठमाडौं, ३० वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दल र संसदीय दल कार्यसमितिको बैठक आह्वान भएको छ । सोमबार दिउँसो १ बजेका लागि कार्यसमिति र २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।
संसदीय दलको बैठकमा संसद्मा देखिएको गतिरोधको बारेमा छलफल हुनछ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने माग गर्दै कांग्रेसले सदनमा अवरोध गर्दै आएको छ ।
सदनको अवरोध खुलाउने विषयमा कांग्रेसले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेको थियो । प्रचण्डसँगको छलफललगत्तै देउवाले संसदीय दलको बैठक बोलाएका हुन् ।