Logo

टियूका भीसीलाई पीएसओको व्यवस्था गर्नुपर्ने अवस्था छः सुमना श्रेष्ठ



काठमाडौं, ३० वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयका उपकूलपति (भीसी) प्रा.डा.केशरजंग बरालमाथि थ्रेट रहेको बताएकी छन् । आज (आइतबार) प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले टीयूका भीसीमाथि थ्रेट रहेको बताउँदै पीएसओको व्यवस्था गर्नुपर्ने बताएकी हुन् ।

‘विश्वविद्यालयमा अब दलीय राजनीतीकरण नगरौं । एउटा कर्मचारी चलाउन पर्यो भनेपनि थ्रेट आउने, धम्कीले गर्दा टियूको भीसी सरलाई हामीले पीएसओको व्यवस्था गर्नुपर्ने अवस्था छ,’– उनले भनिन् ।

एकेडेमिक क्यालेन्डर मेन्टेन गर्नका लागि विद्यार्थी संगठन भन्दापनि दलगत रुपमा भएको संगठन र कर्मचारी प्रशासन बाधक रहेको उनको निचोड छ । उनले टयू रिफर्मका लागि शीर्ष नेताहरुले जबसम्म कमिटमेन्ट आवश्यक रहेको बताईन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्