काठमाडौं,३० वैशाख । सभामुख देवराज घिमिरे र प्रमुख राजनीतिक दलका प्रमुख सचेतक, सचेतकबीचको छलफल सुरु भएको छ ।
सिंहदरबारस्थित कार्यकक्षमा सभामुख र कानून, न्याय तथा संसदीय मामिला मन्त्री र प्रमुख दलका मुख्यरप्रमुख सचेतक र सचेतकसँगको छलफल जारी छ । छलफल सरकारको नीति तथा कार्यक्रम प्रस्तुति, सदनको अवरोध हटाउने लगायतका विषयमा केन्द्रित छ ।
सहकारीको रकम अपचलनको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग राखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । सदनको गतिरोध अन्त्यसहितका विषयमा सभामुख घिमिरेले दलका सचेतकहरूसँग छलफल गरेका हुन् ।