काठमाडौं । लुम्बिनी प्रदेशमा ३ सांसद रहेको जसपा नेपालका २ जना जसपामा खुलेका छन् ।
प्रदेशसभा सदस्यहरू आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गरेका हुन् । दुवै जना बाँके क्षेत्र नं २ को १ र २ बाट प्रदेशसभा सदस्य पदमा प्रत्यक्ष निर्वाचित हुन् ।
अहिर हाल प्रदेश सरकारमा कृषि मन्त्री छन् । यसैबीच तीन सांसदमध्ये २ जना नयाँ पार्टीमा खुलेपनि अर्की सांसद अम्बिका काफ्लेले भने अझै कित्ताकाँट गरेकी छैनन् । उनी हालपनि पर्ख र हेरको रणनीतिमा रहेको बताईन्छ ।