Logo

कांग्रेसले आत्महत्या नै गर्छु भने पनि छानबिन समिति बन्दैन: महेश बर्तौला



काठमाडौं,३० वैशाख । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले छानबिन समितिको नाममा नेपाली कांग्रेसले सत्ता मागेको दाबी गरेका छन् । आइतबार सिंहदरबारस्थित सभामुखकबो कार्यकक्षमा विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरुसँगको छलफल पनि बाहिरिनेक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पमुख सचेतक बर्तौलाले कांग्रेसले राजनीतिको फोहोरी खेल खेलिरहेको जिकिर गरे ।

‘नेपाली कांग्रेसले समिति होईन, सरकार माग गरेको हो । त्यो सम्भव छैन । नेपाली कांग्रेस आत्महत्या नै गर्छु भन्ने गरी नै प्रस्तुत भएपनि यो माग पूरा हुने अवस्था म देख्दिँन । कानुनसंगत पनि छैन यो मुद्दा, नियमसंगत पनि छैन । सहकारी पीडितको न्यायका विषय जोडिएर पनि यो विषय आएको छैन । केवल सरकारसँग जोडिएर आएको विषय हो । समितिका नाममा सरकार माग्ने प्रमुख प्रतिपक्षका मुद्दा सम्बोन हुनसक्ने अवस्था म देख्दिँन,’– उनले भने ।

बर्तौलाले समितिका नाममा कानुन निर्माणको दायित्वबाट सांसद च्युत हुन नसक्ने बताए । उनले कांग्रेसले संसद्लाई बेकामे बनाउन खोजेको बताए । सभामुख देवराज घिमिरेले मंगलबार संयुक्त सदनमा पेश हुने सरकारको नीति तथा कार्यक्रम साथै सदनको अवरोध हटाउनेलगायतका विषयमा कानूनमन्त्री र प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका थिए ।

यसैबीच सभामुख देवराज घिमिरेले बोलाएको कानुनमन्त्री र प्रमुख सचेतकहरूको बैठक निष्कर्षबिहीन भएको भएको छ । सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको सन्दर्भमा सभामुख घिमिरेले कानुनीमन्त्री पदम गिरीलाई साथमा राखेर प्रमुख सचेतकहरूसँग आइतबार सिंहदरबारमा छलफल गरेका थिए ।

बैठकमा कांग्रेस र राप्रपाले आआफ्ना अडान राखेका छन् भने एमालेलगायत सत्ता पक्षले संसदीय समिति गठन हुन नसक्ने अडान लिएका छन् । Photo by: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्