Logo

माधव नेपालको नजरमा कांग्रेसः ‘संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध’



काठमाडौं, ३० वैशाख । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसले दलाल पुँजीपति वर्गको हित प्रतिनिधित्व गरिरहेको टिप्प्णी गरेका छन् । अध्यक्ष नेपालले स्थायी कमिटी बैठकमा छलफलका लागि पेश गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेस पुँजीपति वर्ग चरित्रको पार्टी रहेको र यसले नव उदारवादको पक्षपोषण गरिरहेको उल्लेख गरेका हुन् ।

साथै, उनले कांग्रेसले प्रजातान्त्रिक समाजवादको वकालत गर्ने गरेको उल्लेख गरेका छन् । कांग्रेसले लोकतन्त्र प्राप्तिको सङ्घर्षमा सकारात्मक भूमिका निर्वाह गरेको उल्लेख गर्दै अध्यक्ष नेपालले यो पार्टी संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

उनले नेकपा (एमाले) को भने कडा रुपले आलोचना गरेका छन् । एमालेले आफ्नो स्वार्थ पूर्तिका लागि लोकतन्त्र र संविधान मास्न पनि बेर नलगाउने उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्