Logo

नीतिगत अस्थिरता माओवादीको चरित्र बनेको छः माधव नेपाल



काठमाडौं, ३० वैशाख । काठमाडौं, ३० वैशाख । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले नीतिगत अस्थिरता नेकपा (माओवादी केन्द्र) को चरित्र बनेको टिप्पणी गरेका छन् । अध्यक्ष नेपालले स्थायी कमिटी बैठकमा छलफलका लागि पेश गरेको राजनीतिक प्रतिवेदनमा माओवादी सैद्धान्तिक अन्यौलतामा फसेको र नीतिगत रुपमा पनि अस्तिर रहेको उल्लेख गरेका हुन् ।

साथै, माओवादी सशस्त्र द्वन्द्वको सञ्चालनदेखि शान्ति प्रक्रिया हुँदै अहिलेसम्म आउँदा एउटा असाधारण तीव्र रूपान्तरणको प्रक्रियाबाट गुज्रिएको उनको बुझाइ छ । माओवादी आजका राजनीतिक उपलब्धिको रक्षाका लागि तत्पर रहेको उनले उल्लेख गरेका छन् ।

एकीकृत समाजवादी र माओवादी केन्द्रबीच मित्रतापूर्ण सम्बन्ध रहेको पनि उनले उल्लेख गरेका छन् । उनले माओवादीका कैयन् कार्यशैलीगत कमजोरीको मित्रवत् आलोचना गर्दै तिनलाई हटाउन जोड दिनुपर्ने उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्