Logo

कांग्रेसले गर्‍यो कोशी प्रदेश सभा बैठक बहिष्कार



काठमाडौं,३१ वैशाख । कोशी प्रदेश सभाको बैठक सुरु भएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

नेपाली कांग्रेस भने विश्वासको मतसम्बन्धी प्रक्रियामा सहभागी नहुने भएको छ । नयाँ सरकार गठनको प्रक्रियाप्रति असहमति जनाउँदै नेपाली कांग्रेसले बैठक बहिस्कार गर्ने भएको हो । नेपाली कांग्रेसले संसद बहिस्कारको पत्र लेखेर सभामुखलाई दिएको छ ।

प्रदेश सरकार गठनको मुद्दा अदालतमा विचाराधीन रहेकाले मुख्यमन्त्रीले तत्काल विश्वासको मत लिन नहुने कांग्रेसको अडान छ । सोही कारण उसले प्रदेशसभा बैठक बहिस्कार गर्ने भएको हो ।

कार्की २७ वैशाखमा नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्