Logo

राप्रपालाई एमालेको प्रस्ताव: निर्णय पुर्नविचार गर्नुस्, राजनीतिक स्थिरताका लागि विश्वासको मत दिनुस्



काठमाडौं,३१ वैशाख । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले राजनीतिक स्थिरताका लागि मिलेर अगाडी बढ्न प्रस्ताव गरेका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनका लागि आह्वान गरिएको प्रदेश सभाको बैठकमा बोल्दै भण्डारीले राप्रपालाई निर्णयमा पुर्नविचार गर्न आग्रह गरे । ‘म आग्रह गर्न चाहान्छु राप्रपाका साथीहरुलाई आफ्नो निर्णयमा पुर्नविचार गर्नुस् । राजनीतिक स्थिरताका लागि विश्वासको मत दिनुसु । विगतमा पनि मिलेर अघि बढेका हौं फेरिपनि सहकार्य गरौं’ ।

नेता भण्डारीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजनीतिक संस्कार देखाउन नसकेको जिकिर गरे । उनले केदार कार्कीले प्रदेश सभाबाट बहुमत गुमाईसकेको अवस्थामा प्रदेश सभाबाट विश्वासको मत नलिएर गल्ति गरेको बताए ।

‘नेपाली कांग्रेसको संस्थागत भनाई चाहे दलको नेता उद्धव थापामार्फत व्यक्त भएको होस् वा दलका प्रमुख सचेतक या अरु नेताबाट व्यक्त भएको कुरा होस् । उहाँहरुले सीधै भाषामा बहुमत गुमााईसकेपछि मुख्यमन्त्रीले राजीनानमा दिनुपर्छ नभनेता पनि सारमा उहाँहरुको भनाई के थियो भने बहुमत गुमाईसकेपछि संसदीय प्रणालीमा कुनैपनि सरकारमा बसिरहनु हुँदैन भन्ने संस्थागत अभिव्यक्रिलाई हामीले सकारात्मक रुपमा लिएका थियौं । उक्त संस्थागत मनोभावलाई हामी धन्यवाद दिन चाहान्छौं । निवर्तमान मुख्यमन्त्रीले ७ महिना सरकारको नेतृत्व गर्नुभयो । उहाँलाई पनि धन्यवाद दिन चाहान्छौं’ भण्डारीले भने ।

नेता भण्डारीले वर्तमान सरकार अर्गानिक रहेको दाबी गरेका छन् ‘हिक्मत कार्की नेतृत्वको सरकार सबैभन्दा अर्गानिक सरकार हो । यसमा सबै वामपन्थी साथीहरु जोडिनु भएको छ । त्यसैले यो अर्गानिक सरकार हो’ उनले भने । ‘वामपन्थी विचारधाराको जगमा यो सरकरा बनेको छ । यो सरकार यसकारण पनि अर्गानिक छ । मौलिक छ । अब हामी विगतका तितामिठा थर्याथलाई भूलेर नयाँ ढंगले अघि बढ्न लागेको बेला हामी भन्न चाहान्छौं राजनीतिक अस्थिरता अन्त्य भएको छ’ ।

भण्डारीले यो सरकार कानून र संविधानको जगमा उभिएको जिकिर गरे ‘म सर्वोच्चमा विचाराधीन मुद्दामा धेरै भन्न चाहन्न संविधानको जगमा सरकार अडिएको छ । उपधारा ५ को सरकारलाई दिएको समर्थन चिरस्थिाई हुन्छ भन्ने होईन् ’ ।

यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिएका थिए । उनलाई नेकपा एमालेका ३९, नेकपा माओवादी केन्द्रका १३ सहित ५२ प्रदेशसभा सदस्यको साथ र समर्थन रहेको छ ।

आजको बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम तथा कोशी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठकको कार्य सूची रहेको छ । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमत पाउन ४७ सदस्यको समर्थन चाहिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot